कोभिड खोप बनाउने दुई वैज्ञानिकले पाए नोबेल पुरस्कार

covid vaccine

काठमाडौं । यो वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्। ती वैज्ञानिक काटालिन कारिको र ड्रू भाइस्मान हुन्।

कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौं मानिसलाई दिइयो। अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ।

खोपले मानिसको प्रतिरक्षा प्रणालीलाई भाइरस वा ब्याक्टेरियाबाट हुने खतरा चिन्न र त्यसविरुद्ध लड्न तालिम दिन्छ। परम्परागत खोप प्रविधिमा सङ्कक्रमण गराउने कीटाणुका मृत वा निष्क्रिय कोष वा कुनै अवयव प्रयोग गरिएको हुन्छ। तर, एमआरएनए प्रविधिले नितान्त भिन्न तरिका अवलम्बन गरी खोप निर्माण गर्छ।

कोभिड महामारीका बेला मोडर्ना र फाइजर/बायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएको थियो। त्यस्ता खोप नेपालमा पनि प्रयोग भएका थियो। नोबेल पुरस्कार समितिले भनेको छ, ‘पुरस्कार विजेताहरूले आधुनिक समयमा मानव स्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिए।’

वैज्ञानिकद्वय कारिको र भाइस्मान अमेरिकाको यूनिभर्सिटी अफ पेन्सलभानियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भेटेका थिए।

 

एनआइसी एशिया र एभरेष्ट बैंकको मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

एनआइसी एशिया र एभरेष्ट बैंकको मूल्य समायोजन, नयाँ मूल्य कति ?

सातै प्रदेशमा लगानी सम्मेलन गर्ने महासंघको निर्णय Read Next

सातै प्रदेशमा लगानी सम्मेलन गर्ने महासंघको निर्णय