काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ ।राष्ट्र बैंक सञ्चालक समितिको मंसिर ६ गते शुक्रबार बसेको बैठकले मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो।
गत फागुन २४ गते वोमी र नागरिक लघुवित्तबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। र, असोज २ गते सम्पन्न दुबै संस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो।
वोमी लघुवित्त र नागरिक लघुवित्त आपसमा आपसमा गाभिए पश्चात बन्ने संस्थाको नाम वोमी लघुवित्त रहने छ । वोमीको चुक्ता पूँजी १० करोड १० लाख र नागरिक लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ।
