आज काठमाडौंका यी सडकमा सवारी चलाउन राेक

काठमाडौं । आज काठमाडौंका विभिन्न भित्री सडकमा सवारीसाधन चलाउन नपाइने भएको छ ।

इन्द्र जात्रा अन्तर्गत मनाइने जात्राका कारण मानिसको भीड हुने भएकाले काठमाडौं महानगरपालिकाले विभिन्न सडकमा सवारी साधन चलाउन रोक लगाएको हो ।

इन्द्रजात्रा वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार आज वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको छ ।

निगमको ऋण ४८ अर्ब पुग्यो, सोल्टी होटलको सेयर बेचेर नयाँ जहाज किन्न प्रस्ताव Read Previous

निगमको ऋण ४८ अर्ब पुग्यो, सोल्टी होटलको सेयर बेचेर नयाँ जहाज किन्न प्रस्ताव

इन्धनको मूल्यमा सरकारको 'झेल', कर घटाउँदा घाटा हुने भएपछि निगमलाई भार बोकाउँदै Read Next

इन्धनको मूल्यमा सरकारको 'झेल', कर घटाउँदा घाटा हुने भएपछि निगमलाई भार बोकाउँदै