काठमाडौं । दुई वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
एभरेष्ट बैंक र एनआइसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । दुवै बैंकले साधरण सभा तथा लाभांश प्रयोजनाका लागि भोलि (असोज १६ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र बैंकको लाभांश पाउने छन् ।
एभरेष्टले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र करसहित १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले असोज ३० गते २९ औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा लैनचौर ब्याङ्केट, लैनचौर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
्
त्यसैगरी, एनआइसीले गत वर्षको नाफाबाट २९ प्रतिशत बोनस र कर तिर्न १.५२ प्रतिशत गरी ३०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश् पारित गर्न एनआइसीले असोज २८ गते २६ औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।