पर्यटक आवगमन उत्साहजनक, एक महिनामै आए ९१ हजार विदेशी

काठमाडौं । पर्यटकीय सिजन सुरु भएसँगै विदेशी पर्यटकको आवगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ जना विदेशी नेपाल घुम्न आएका हुन् ।

यो संख्या कोभिड अघि ( सन् २०१९)कै हाराहारीमा हो । सो वर्ष सेप्टेम्बर महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार सेम्टेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । यो महिना २८ हजार ६९४ जना भारतीय नेपाल आएको बोर्डको तथ्यांक छ ।

त्यसैगरी, दोस्रोमा चिनियाँ पर्यटक ८ हजार १७४ जना नेपाल घुम्न आएका छन् । बोर्डका अनुसार सेम्टेम्बरमा अमेरिकाबाट ७ हजार ३६४ जना, बंगलादेशबाट ३ हजार ७१६, बेलायतबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार ११ जना, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को ९ महिनामा झण्डै ७ लाख पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार यो वर्ष सेम्टेम्बरसम्म ६ लाख ९२ हजार ३७२ जना पर्यटक नेपाल आएका हुन् ।

इलाममा उत्पादित जडीबुटी फ्रान्स निर्यात हुन थाल्यो Read Previous

इलाममा उत्पादित जडीबुटी फ्रान्स निर्यात हुन थाल्यो

एभरेष्ट र एनआइसी एशिया बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

एभरेष्ट र एनआइसी एशिया बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन