काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘दशैं तिहारको खुसीयाली ! नेट टीभी र राउटर यसपाली !!’ अफर ल्याएको छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।
यस अफर अन्तर्गत क्लासिक टेकको नेट जडान गर्न चाहने ग्राहकले २०० एमबीपीएसको ९०७ रुपैयाँ र ३०० एमबीपीएसको ११७७ रुपैयाँ पाउने छन् । साथै, जेडटीईको फाइभ जीएच राउटर र स्मार्ट सेट टप बक्स निःशुल्क पाउने छन् ।
यस्तै, सेकेन्डरी राउटर जडान गर्न चाहनेलाई कम्पनीले अहिलेसम्मकै सस्तो मूल्यमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
क्लासिकले कारो टेल कम्पनीसंग भिडियोकोनको स्मार्ट टीभी सेट बिक्री वितरणका लागी साझेदारी गर्ने भएको छ । गत वर्ष जस्तै कम्पनीले भिडियोकोनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टीभी सेट बजारको मूल्य भन्दा निकै सस्तो मूल्यमा पाउने छन् । ग्राहकले भिडियोकोनको ३२ इन्चको स्मार्ट टीभी १९ हजारु १३१ रुपैयाँ र ४३ इन्चको २८ हजार ७०१ रुपैयाँमा पाउने छन् ।
कम्पनीले विद्यमान प्रयोगकर्ताका लागि समेत विशेष अफर ल्याएको छ । ग्राहकले २५० एमबीपीएसको वार्षिक नवीकरणमा ५०० एमबीपीएस इन्टरनेट स्पीड पाउने छन् भने १२ महिनाको रिचार्ज गर्दा २४ महिना इन्टरनेट चलाउन पाउने छन् । साथै, वार्षिक रिचार्जमा राउटर निःशुल्क पाउने छन् ।