सेयर बजारमा पहिरो, यी ६ कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । गत साता २५ अंकले घटेको नेप्से आज एकैदिन ३३ अंकले घटेको हो ।

उच्च गिरावट आएसँगै नेप्से परिसूचक फेरि २ हजार विन्दु तल झरेको छ । आइतबार नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा आइपुगेको छ । यसदिन २८४ कम्पनीको १ अर्ब ८४ करोड रुपैयाँ बढीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ३.३२ प्रतिशतले घटेको छ ।

आज सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको पौने १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

उच्च अंकले घटेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागको छ । सिटिजन लाइफ, अपर हेवाखोला, एशियन हाइड्रोपावर, मनकामना इन्जिीनीयरिङ, सनराइज फर्स्ट म्युचुअल फण्ड र मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

घट्दो बजारमा आज सयपत्री हाइड्रोपवारका सेयरधनीले भने १० प्रतिशत कमाएका छन् ।

साउन यता ३४७ फर्मलाई कारबाही Read Previous

साउन यता ३४७ फर्मलाई कारबाही

फाष्ट ट्रयाककाे खोकना बाहेक सबै खण्डको ठेक्का लगाइँदै Read Next

फाष्ट ट्रयाककाे खोकना बाहेक सबै खण्डको ठेक्का लगाइँदै