काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले साधरण सभा तथा लाभांश प्रयोजनाका लागि भोलि (असोज १५ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र बैंकको लाभांश पाउने छन् ।
बैंकले गत वर्षको नाफाबाट करसहित ५.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांश बैंकको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
बैंकले उक्त लाभांश पारित गर्न असोज २६ गते १७ औं वार्षिक साधरण सभा बोलाएको छ। बैंकको सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।