श्री र फिस्टेल एयरका ३ हेलिकप्टर उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई एयरलाइन्स कम्पनीका तीन वटा हेलिकप्टर उडानमा रोक लगाएकाे छ ।

हवाई सुरक्षा नियम उल्लंघन गरेकाे भन्दै प्राधिकरणले दुवै एयरलाइन्सको तीन वटा ‘एएस ३५० बी ३ ई’ सिरिजको हेलिकप्टर उडानमा रोक लगाएको हो । जसमा फिस्टेल एयरका दुई वटा र श्रीको एउटा हेलिकप्टर रहको छन् ।

प्राधिकरणका अनुसार दुवै कम्पनीका हेलिकप्टरले लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेका हुन् ।

भिजिबिलिटी नभएको अवस्थामा हेलिकप्टर उडाउँदै हवाई सुरक्षामा लापरबाही गरेकोले अर्को निर्णय नहुँदासम्मका लागि उडान नै बन्द गराएको प्राधिकरणले जनाएको छ।

यी कम्पनीका पनि अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक लगाइएको छैन ।

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन सुरू Read Previous

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन सुरू

असोज २३ देखि आइपीओ बिक्री गर्दै चिरख्वा हाइड्रोपावर Read Next

असोज २३ देखि आइपीओ बिक्री गर्दै चिरख्वा हाइड्रोपावर