नेप्सेमा दोहोरो अंकको गिरावट, यी कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । दुई दिनको गिरावटपछि मंगलबार १८ अंकले फर्केको नेप्से आज त्यत्ति नै अंकले घटेको हो ।

नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० विन्दुमा आइपुगेको छ । आज २८२ कम्पनीको ७० लाख ६१ हजार ४०४ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २८ करोडले घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै १.५१ प्रतिशतले घटेको छ ।

आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज लक्ष्मी भ्यालु फण्ड २ र शुभम पावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।

घट्दो बजारमा आज मनकामना इन्जिनीयरिङका सेयरधनीले भने करिब १० प्रतिशत कमाएका छन् ।

 

गभर्नर अधिकारीको ग्रेडमा सुधार, पाए 'बी माइनस' Read Previous

गभर्नर अधिकारीको ग्रेडमा सुधार, पाए 'बी माइनस'

मुहान पुनर्निर्माण नहुँदा मेलम्चीको पानी वितरण अन्योलमा Read Next

मुहान पुनर्निर्माण नहुँदा मेलम्चीको पानी वितरण अन्योलमा