स्मार्ट सिटी निर्माणमा चिनियाँ कम्पनीको चासो, कहिलेबाट सुरु होला काम

काठमाडौं । उपत्यकामा बन्ने नयाँ सहर (स्मार्ट सिटी) निर्माणमा चिनियाँ कम्पनीले चासो देखाएको छ । भक्तपुर सूर्यविनायकमा बन्ने १० हजार रोपनी नयाँ सहरमा एक चिनियाँ कम्पनीले चासो देखाएको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

 

सो सहर निर्माणका लागि चिनीया कम्पनीले औपचारिक रुपमै लगानीको चासो सहित प्रस्ताव पेस गरेको हो । यस्तै अर्को १ लाख रोपनीमा बन्ने नयाँ सहरमा समेत चिनियाँ कम्पनीले लगानी गर्न चासो देखाएको छ ।

 

बजेट अति धेरै आवश्यक पर्ने भएकाले सरकारले १ लाख रोपनिमा बन्ने नयाँ सहर बनाउन सक्ने सम्भावना छैन । १ लाख रोपनीमा बन्ने नयाँ सहर निर्माण गर्न ४ खर्ब लगानी लाग्छ ।

 

नेपाल सरकारले त्यसमा ग्यारेन्टी बसे चिनीया कम्पनीले आफै नयाँ सहर बनाइदिने चन्दै चासो देखाएको हो । ‘क्षतीपूर्तीका लागि सरकार ग्यारेन्टी बसे उनीहरु लगानी गर्न इच्छुक छन् ।’

 

भक्तपुर सूर्यविनायकको डीपीआर सञ्चालक समितिमा पेस भइसकेको छ । अब भौतिक विकास समितिमा पास भई मन्त्री परिसदमा स्वीकृत हुनुपर्ने छ । त्यपछि मात्र बोलपत्र आवहान गर्ने र ठेक्का कम्पनी छनोटको प्रकृया अघि बढ्नेछ ।

 

हरेक ठाउँमा ४ आनाको प्लटिङ गरेर राख्ने छ । नयाँ सहरमा न्यून्तम ६ मिटर सडकदेखि हाइवेमा ५० मिटर चौडाइका सडक बनाइने छन् । खोलालाई बाढी आउँदा पोखरीमा जाने तरिकाले डीपीआर डिजाइन गरिएको छ । नयाँ सहरमा कलेज, दमकल स्ट्याड, हेल्थपोष्ट, पार्क, पुलीस स्टेसन, स्कुल, सहरी विकासका भौतिक पूर्वाधारहरु विकास गरिने छ ।

 

हालसम्म नयाँ सहरका डीपीआर निर्माणका लागि १६ करोडको हाराहारीमा खर्च भइसकेको छ । नयाँ सहरको डीपीआर बनाउने क्रममा १ लाख रोपनीको इसान सहरको डीपीआरका लागि मात्र १० करोडको हाराहारीमा खर्च भएको छ । अन्य १० हजार रोपनीका नयाँ सहर निर्माणका लागि २/२ करोड रुपैयाँ खर्च भएको छ ।

 

डीपीआरको काम सम्पन्न भएकाले अब निर्माण कम्पनी र लगानीको व्यवस्था हुनासाथ काम अघिबढ्ने प्राधिकरणले जनाएको छ ।

अब दूधमा भिटामिन 'डी' मिसाइने Read Previous

अब दूधमा भिटामिन 'डी' मिसाइने

स्ट्याण्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन Read Next

स्ट्याण्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन