काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्ला दुई दिनमा २५ अंकले घटेको नेप्से आज अंकले १८ अंकले फर्केको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५३ करोडले बढेर २ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
मंगलबार नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा पुगेको छ । आज २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ३.०९ प्रतिशतले बढेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मेन्छियाम हाइड्रोपावर र मनकामना इन्जिनीयरिङको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, शुभम पावर, मोलुङ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र स्वाभिमान लघुवित्तका सेयरधनीले पनि १० प्रतिशत कमाएका छन् ।