राष्ट्र बैंकले खारेज गर्‍यो मोहर डिजिटलको लाइसेन्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिदिएको छ । कानुन विपरीत कार्य गरेको भन्दै नेपाल राष्ट्र बैंकले मोहर डिजिटलको लाइसेन्स खारेज गरेको हो ।

राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका अनुसार मोहर डिजीटलले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफ ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसूर गरेकाले लाइसेन्स खारेज भएको हो ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

 

नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

कर्जा विस्तार नगर्दा बैंकको नाफामा धक्का, साउनमा कुनले कति कमाए ? Read Next

कर्जा विस्तार नगर्दा बैंकको नाफामा धक्का, साउनमा कुनले कति कमाए ?