शाओमीको नेपालमा ५ वर्ष पूरा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५ वर्ष सफलतापूर्वक पूरा गरेको छ । सन् २०१८ मा लन्च भएदेखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको हो ।

यस कोसेढुङ्गाले नेपालमा शाओमीले उपस्थितिको पाँच वर्ष मात्र नभई नेपाली ग्राहकवर्गलाई इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोन उपलब्ध गराउने ब्रान्ड पनि बनेको कम्पनीले जनाएको छ । कम्पनीको सफलताको श्रेय इनोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्र्माटफोनहरू उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित छ ।

विगत पाँच वर्षमा शाओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ । शाओमी टेक्नोलोजी क्षेत्रमा घर–घरको नाम बन्दै देशको एक अग्रणी स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ । उत्कृष्ट उत्पादन र अत्याधुनिक प्रविधिलाई उपभोक्तामाझ पुर्याउने ब्राण्डको अटल समर्पणले नेपाली ग्राहकवर्गको हृदयमा विशेष स्थान कमाएको छ ।

विगतका वर्षहरूमा जस्तै शाओमी यस वर्ष पनि चाडपर्वलाई थप विशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलहरूमा २ हजार रुपैयाँसम्मको आकर्षक छुट प्रदान गरिरहेको छ ।

शाओमी नेपालले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी शाओमी फ्यानबेसका लागि खुसी फैलाउने र उल्लेखनीय अफरहरू प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले नेपालमा ५ वर्ष पूरा गर्नु उल्लेखनीय यात्रा रहको बताए । ‘हामी नेपालमा हाम्रो ५ औं वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी छौँ । यस सुन्दर देशमा शाओमीको यात्रा उल्लेखनीय रह्यो र हामी ग्राहकवर्गहरू तथा पार्टनरहरूको विश्वास र समर्थन प्रति आभारी छौँ । हामी आशा गर्दछौँ कि यो सर्पोट भविष्यमा पनि जारी रहनेछ,’ उनले भने ।

अब आइएमई मार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न मिल्ने Read Previous

अब आइएमई मार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न मिल्ने

नेपाल र चीन बीच १२ वटा सम्झौतामा हस्ताक्षर, यी हुन् विषय Read Next

नेपाल र चीन बीच १२ वटा सम्झौतामा हस्ताक्षर, यी हुन् विषय