माछापुच्छ्रे बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । माछापुच्छ्रे बैंककाे गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनाका लागि भोलि (असोज ८ गते) बुकक्लाेज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र बैंकको लाभांश पाउने छन् ।

बैंकले गत वर्षको नाफाबाट कुल १४ प्रतिशत (१३.३% बोनस सेयर र कर तिर्न ०.७५% नगद) लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांश बैंकको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

बैंकले उक्त लाभांश पारित गर्न असोज १८ गते २५ औं वार्षिक साधरण सभा बोलाएको छ। बैंकको सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।

हाल १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि ११ अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन उडाए कारबाही हुने Read Previous

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन उडाए कारबाही हुने

महानगरको श्रम बैंकमा ४०० आवेदन, श्रमिकको वर्गीकरण गरिँदै Read Next

महानगरको श्रम बैंकमा ४०० आवेदन, श्रमिकको वर्गीकरण गरिँदै