काठमाडौं । माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को अध्यक्ष पदमा नियुक्त भएका छन्।
यस अघि नेप्समा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका न्यौपाने अध्यक्षमा नियुक्त भएका हुन् ।
नवनियुक्त अध्यक्ष विश्वम्भर न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरे।
न्यौपाने विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध छन् ।