लाभांश पारित गर्न सिटिजन्स बैंकले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

बैंकले असोज २६ गते १७औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको करसहित ५.७९ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ ।

त्यसैगरी, बैंकले सभामा गत आव २०७९/८० को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, संस्थापक सेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने,लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असोज १५ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असोज १४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

ऊर्जा क्षेत्रमा १२ वर्षमा झन्डै ६१ खर्ब लगानी गर्ने सरकारको महत्वाकांक्षी योजना Read Previous

ऊर्जा क्षेत्रमा १२ वर्षमा झन्डै ६१ खर्ब लगानी गर्ने सरकारको महत्वाकांक्षी योजना

कोकाकोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन Read Next

कोकाकोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन