कोकाकोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन

काठमाडौं । कोकाकोला नेपालले ‘चिल एन विन २.०’ क्याम्पेन ल्याएको छ । कम्पनीले ‘चिल एन विन’ को अपार सफलतापछि ‘चिल एन विन २.०’ क्याम्पेन ल्याएको हो ।

यो क्याम्पेन अन्तर्गत ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाले मोटरसाइकल लगायत पुरस्कारहरू जित्ने सक्नेछन् ।

साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिनेछ । यस रोमाञ्चक क्याम्पेनले ग्राहकमाझ अनेकौं एक्साइटिङ्ग पुरस्कारहरू जित्ने सम्भावना अगाडि ल्याएको छ ।

यस क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोकाकोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्को मुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ । यी कोडहरू ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइट www.sprite.com.np मा पनि पठाउन सकिन्छ ।

एसएमएस मार्फत इन्टर गर्न, सहभागीहरूले मेसेज बक्समा <COKE> <SPACE> <LABEL o’lgs sf]8> <SPACE> <FULL NAME>  टाइप गरी ३४००१ मा एसएमएस पठाउनु पर्ने हुन्छ । यसको विकल्पमा ग्राहकहरूले लेबलमा रहेको विशेष क्यूआर कोड स्क्यान गर्न पनि सक्नेछन् । प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिनेछ ।

‘चिल एन विन २.०’ क्याम्पेन १ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म चल्ने कम्पनीले जनाएको छ ।

लाभांश पारित गर्न सिटिजन्स बैंकले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ? Read Previous

लाभांश पारित गर्न सिटिजन्स बैंकले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ?

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी Read Next

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी