सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेन्ज कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीले सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ करोड २० कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर  बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि-ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १५८.४१ रुपैयाँदेखि ४७५.२३ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि SNLI संकेत चिह्न प्रदान गरेको छ ।

बजार क्षेत्रमा दशैं-तिहारपछि मात्रै सडक विस्तार गर्न माग Read Previous

बजार क्षेत्रमा दशैं-तिहारपछि मात्रै सडक विस्तार गर्न माग

दुई महिनामा सरकारको आम्दानी १ खर्ब ५४ अर्ब, पूँजीगत खर्च २.७ प्रतिशत मात्र Read Next

दुई महिनामा सरकारको आम्दानी १ खर्ब ५४ अर्ब, पूँजीगत खर्च २.७ प्रतिशत मात्र