नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी चाउचाउ

काठमाडौं । चौधरी गु्रप अन्तर्गतको सीजी फुड्स नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ ।

कुरिलोको स्वादमाउ पलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताको पहिलो रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ ।

बहुउपयोगी र स्वस्थका हिसाबले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुव्रmा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरु चाउचाउ भन्दा पृथक रहेको कम्पनीले जनाएको छ ।

कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो ।
आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्ट नूडल्सको उपभोक्ता मूल्य २५ रुपैयँँ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य २० रुपैयाँ रहेको छ ।

अल्पविकसित मुलुकलाई दिगो विकास लक्ष्य हासिल गर्न थप सहयोगको खाँचो : प्रधानमन्त्री  Read Previous

अल्पविकसित मुलुकलाई दिगो विकास लक्ष्य हासिल गर्न थप सहयोगको खाँचो : प्रधानमन्त्री 

सामसङको मोबाइल किन्दा हरेक दिन स्कुटर पाइने Read Next

सामसङको मोबाइल किन्दा हरेक दिन स्कुटर पाइने