हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । हाथवे इन्भेष्टमेन्टको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख २१ हजार ३८७ हजाले २० कित्ताका दरले सेयर हात पारेका छन् भने ती मध्ये भाग्यमानी एक जनाले थप १० कित्ता सेयर पाए ।  ११ लाख ४६ हजार ३२२ जनाकाे हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि भदौ २१ देखि २५ गतेसम्म प्रतिकित्ता ५० रुपैयाँ दरले १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

निक्षेप तान्न बैंकहरू बीच होडबाजी, ब्याज घटाउन छैन प्रतिस्पर्धा Read Previous

निक्षेप तान्न बैंकहरू बीच होडबाजी, ब्याज घटाउन छैन प्रतिस्पर्धा

अमेरिकी डलरले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड Read Next

अमेरिकी डलरले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड