३ वर्षपछि ओरियन्टल होटल्सको लाभांश घोषणा

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । होटल संचालक समितिको असोज १ गते बसेको बैंठकले सेयरधनीलाई कर प्रयोजनसहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले सेयरधनीलाई कुल ५ करोड ९३ लाख ७३ हजार १८० रुपैयाँ ९३ पैसा नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले ३ आर्थिक वर्षपछि लाभांश घोषणा गरेको हो । आव २०७५/७६ यता होटलले सेयरधनीलाई लाभांश दिएको थिएन् ।

उक्त लाभांश पारित गर्न होटले असोज २५ गते २६ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ।

कम्पनीले सभामा लाभांश पारित गर्ने सहित लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु एजेन्डाको रुपमा लैजाने भएको छ ।

साधारण सभा प्रयोजनार्थ होटलले असोज १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज तोकेको छ । सो अनुसार असोज ११ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा भाग लिन पाउने छन् ।

मिड सोलु हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

मिड सोलु हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

नौबिसे-मलेखु सडक दैनिक ४ घण्टा बन्द हुने Read Next

नौबिसे-मलेखु सडक दैनिक ४ घण्टा बन्द हुने