मिड सोलु हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधरणका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरले ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँ बराबरको ६ लाख २१ हजार १७२ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाले २०७९ पुस १५ गतेदेखि नियमित व्यावसायिक रुपमा विद्युत उत्पादन गरिहरहेको छ । यसको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ रहेको छ।

विश्व बैंकको अनुदानमा तीन सडक कालोपत्र गरिने Read Previous

विश्व बैंकको अनुदानमा तीन सडक कालोपत्र गरिने

३ वर्षपछि ओरियन्टल होटल्सको लाभांश घोषणा Read Next

३ वर्षपछि ओरियन्टल होटल्सको लाभांश घोषणा