काठमाडौं । भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ । कम्पनीले नजिकिँदै गरेको दशैं, तिहारलाई लक्षित गर्दै अफर घोषणा गरेको हो ।
भिभोले स्मार्टफोनहरू–भी २७ फाइभजी, ट्रेन्डसेटिङ वाइ ३६ र स्टाइलिस वाइ ०२ मा अफर घोषणा गरेको हो । अफर अन्तर्गत ग्राहकले यी फोनहरू घटेको मूल्यमा किन्न पाउने छन् ।
यो अफर सेप्टेम्बर महिनाभर लागू हुने कम्पनीले जनाएको छ । ग्राहकले देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्ममार्फत फोन किन्दा अफर लागू हुनेछ ।
कम्पनीको लोकप्रिय फोन भिभो भी २७ फाइभजी ५६ हजार ९९९ रुपैयाँ उपलब्ध गराउने भएको छ । यसअघि यसको मूल्य
५८ हजार ९९९ रुपैयाँ थियो ।
यस्तै, वाइ ३६ स्मार्टफोनको मूल्य सीमित अवधिका लागि २८ हजार ९९९ रुपैयाँबाट घटाएर २७ हजार ९९९ रुपैयाँ कायम गरेको छ ।
त्यसैगरी, वाइ ०२ को मूल्य पनि १३ हजार ४९९ रुपैयाँबाट घटाएर १२ हजार ९९९ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।