नेप्सेले गर्‍यो कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । आइतबार एकैदिन ४२ अंकले घटेको नेप्से आज सामान्य अंकले फर्केको हो ।

सूचक सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १६ करोड घटेर जम्मा ८५ करोडमा सीमित भएको छ ।

सोमबार नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ विन्दुमा पुगेको छ । यसदिन २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ बाहेक अरु सबको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६ प्रतिशतले बढेको छ ।

आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपाल र थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

अब फूडमाण्डुमा ५०० रुपैयाँभन्दा कमको पनि अर्डर गर्न सकिने, डेलिभरी शुल्क घट्यो Read Previous

अब फूडमाण्डुमा ५०० रुपैयाँभन्दा कमको पनि अर्डर गर्न सकिने, डेलिभरी शुल्क घट्यो

प्रसारण लाइन निर्माणमा समस्यै समस्या, दीर्घकालीन समाधन गर्ने सरकारको तयारी Read Next

प्रसारण लाइन निर्माणमा समस्यै समस्या, दीर्घकालीन समाधन गर्ने सरकारको तयारी