दोर्दी खोला र राप्ती हाइड्राेले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएका छन् ।

दोर्दी खोला कम्पनीको भदौ २८ गते र राप्तीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले १०० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्याण गरेको हो ।

दुवै कम्पनीले आयोगबाट स्वीकृति लिएर हकप्रद सेयर निष्काशन प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने जनाएका छन् ।

दोर्दी खोलाले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी, राप्ती हाइड्रोले पनि प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्काशन गर्ने भएको हो ।

दुवै कम्पनीको प्रस्तावित हकप्रद विद्युत् नियमन आयोग, नेपाल धितोपत्र बोर्डको स्वीकृति र सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि निष्काशन हुनेछ ।

भारतबाट अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको २ हजार किलो माछा नष्ट Read Previous

भारतबाट अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको २ हजार किलो माछा नष्ट

लगातार आकाशिँदै कच्चा तेलको भाउ, मूल्य ११ महिना यताकै उच्च Read Next

लगातार आकाशिँदै कच्चा तेलको भाउ, मूल्य ११ महिना यताकै उच्च