काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । यस साता सुरुका दुई दिनमा ५५ अंकले बढेर मंगलबार १९ अंकले घटेको नेप्से आज फेरि ३९ अंकले बढेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३६ करोडले बढेर १ अर्ब ४९ करोड पुगेको छ ।
बुधबार नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ । यसदिन २७५ कम्पनीको ७१ लाख ४४ हजार ७२४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.२० प्रतिशतले बढेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
उच्च अंकले बढेको घटेको बजारमा तीन कम्पनीके सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बरुण हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने शुभम पावर र समता लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।