रिलायबल लाइफको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलाे कारोबार ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।

बुधबार कम्पनीले सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ४ करोड कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि-ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १६२.२९ रुपैयाँदेखि ४८६.८७ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि RNLI संकेत चिह्न प्रदान गरेको छ ।

सोनापुर मिनरल्सको आइपीओ बहिष्कार, ९४ प्रतिशत बिकेन Read Previous

सोनापुर मिनरल्सको आइपीओ बहिष्कार, ९४ प्रतिशत बिकेन

अब निजी विद्यालयको शुल्क स्थानीय तहले तोक्ने, सरकारीमा निःशुल्क Read Next

अब निजी विद्यालयको शुल्क स्थानीय तहले तोक्ने, सरकारीमा निःशुल्क