लाभांश प्रयोजनका लागि माछापुच्छ्रे बैंकले तोक्यो बुकक्लोज

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

बैंकले असोज १८ गते २५ औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।

बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १४ प्रतिशत (१३.३% बोनस सेयर र कर तिर्न ०.७% नगद) लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ । प्रस्तावित लाभांश बैंकको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असोज ८ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असोज ७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

हाल १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि ११ अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ ।

१६७ यात्रु बोकेको जहाज जब खेतमा आपतकालीन अवतरण गरियो... Read Previous

१६७ यात्रु बोकेको जहाज जब खेतमा आपतकालीन अवतरण गरियो...

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात, उत्पादन भने ४० प्रतिशत घट्यो Read Next

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात, उत्पादन भने ४० प्रतिशत घट्यो