सुरू भयो अटो महाकुम्भ मेला ‘नाडा अटो शो’

काठमाडौं । अटोमोबाइल्स क्षेत्रको महाकुम्भ मेला मानिने ‘नाडा अटो शो’को १५औं संस्करण सुरु भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजना गरेको उक्त मेलाको मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्‍घाटन गरेका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो २०२३’ आजदेखि ६ दिन (भदौ ३१ गते)सम्म संचालन हुनेछ । अटो शोको मुख्य प्रायोजक ‘टाटा मोटर्स जेनुइन आयल’ रहेको छ भने सह-प्रायोजक शिखर इन्स्योरेन्स कम्पनी छ ।

अटो शोमा ४५ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् । जसमा १६ वटा चार पाङ्ग्रे, २२ वटा दुई पाङ्ग्रे र ७ वटा लाइट कमर्शियल भेहिकल छन् । यसका अलावा कम्पोनेन्ट, ल्यूब, टायर, हेलमेटको स्टल राखेका छन्।

प्रदर्शनीमा ठूला तथा सानागरी करिब १२० वटा स्टल छन् । सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु प्रदर्शनीमा राखिएको छ ।

यस्तै, प्रदर्शनीमा सवारी ब्राण्डका अलावा ९ वटा बैंक तथा वित्तीय संस्था, ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागीता रहेको छ ।

असोज १५ गतेदेखि अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिने Read Previous

असोज १५ गतेदेखि अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिने

शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित Read Next

शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित