सुजुकीको ‘पर्वोत्सव’ अफर : १ लाख नगद छुट, साथै, १ लाखको एक्सचेन्ज बोनस

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो । कम्पनीले यस दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकले सुजुकीको कुनै पनि गाडी खरिदमा १ लाख रुपैयाँ नगद छुट, १ वर्षको सवारी बीमा र १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन् ।

साथै, कम्पनीले आजदेखि सुरू भएको नाडा अटो शोलाई लक्षित गरी ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट दिने भएको छ ।

सुजुकीका विभिन्न मोडेलहरूका कारहरू बमोजिम फरक फरक हिसाबका छुटहरू लागू हुने छन् । नाडा अटो शोमा सुजुकीका नयाँ एसयूभीहरू जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरूमा लागू हुनेछ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

 

टोखा-छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा, अर्थमन्त्री स्थलगत निरीक्षणमा Read Previous

टोखा-छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा, अर्थमन्त्री स्थलगत निरीक्षणमा

किम जोनको विलासी रेल : भित्रै रेष्टुरेन्टदेखि स्याटेलाइट फोनसम्म, विमान छाडेर किन चढ्छन् रेल ? Read Next

किम जोनको विलासी रेल : भित्रै रेष्टुरेन्टदेखि स्याटेलाइट फोनसम्म, विमान छाडेर किन चढ्छन् रेल ?