सोनापुर मिनरल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन २९ गतेदेखि प्रिमियम मूल्यमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय बासिन्दाका लागि अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २२५ रुपैयाँ दरले १५ लाख ३७ हजार ५२५ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

सूर्यविनायक-रत्नपार्क द्रुत बस असोज ३ देखि संचालन हुने, २५ बस तयारी अवस्थामा Read Previous

सूर्यविनायक-रत्नपार्क द्रुत बस असोज ३ देखि संचालन हुने, २५ बस तयारी अवस्थामा

फास्ट ट्रयाक : खाेकनामा ३०० रोपनी जग्गा अधिग्रहण गर्न उच्चस्तरबाट पहल Read Next

फास्ट ट्रयाक : खाेकनामा ३०० रोपनी जग्गा अधिग्रहण गर्न उच्चस्तरबाट पहल