प्रतिकित्ता ५० रुपैयाँमा हाथवे इन्भेष्टमेन्टको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २१ गतेदेखि आम सर्वसाधरणका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरले १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।

एकैपटक चार कम्पनीले मागे हकप्रद सेयर जारी गर्न अनुमति, कुनले कति प्रतिशत ? Read Previous

एकैपटक चार कम्पनीले मागे हकप्रद सेयर जारी गर्न अनुमति, कुनले कति प्रतिशत ?

आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६औँ योजना ल्याउन परिसंघको सुझाव Read Next

आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६औँ योजना ल्याउन परिसंघको सुझाव