सानिमा इक्विटी फण्डको लाभांश घोषणा

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

भदौ २२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले फण्डका इकाईधनीलाई १८ प्रतिशत नगद (करसहित) प्रतिफल दिने निर्णय गरेको हो ।

फण्डले योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको १८ प्रतिशत हुन आउने २३ करोड ४० लाख रुपैयाँ नगद इकाईधनीलाई बाँड्ने भएको हो ।

फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल रहेको छ भने कोष प्रवद्र्धक सानिमा बैंक रहेको छ।

 

माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

शिवशिखर सहकारी पीडितलाई उजुरी गर्न अपिल, बचतकर्ताले साढे ६ करोड फिर्ता पाएनन् Read Next

शिवशिखर सहकारी पीडितलाई उजुरी गर्न अपिल, बचतकर्ताले साढे ६ करोड फिर्ता पाएनन्