माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । माण्डु हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख २० हजार ५३२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ७ लाख ५२ हजार३०५ जनाको हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि भदौ १० गतेदेखि १३ गतेसम्म प्रतिकित्ता २०६ रुपैयाँ दरले १२ लाख ५ हजार ३२० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक प्रभु क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

अलैँचीको मूल्य दोब्बरले बढ्यो, किसान उत्साहित Read Previous

अलैँचीको मूल्य दोब्बरले बढ्यो, किसान उत्साहित

सानिमा इक्विटी फण्डको लाभांश घोषणा Read Next

सानिमा इक्विटी फण्डको लाभांश घोषणा