सिनर्जी पावरको हकप्रद सेयर भर्ने म्याद थप

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले भदौ ३ गतेदेखि बिक्रीमा ल्याएको ५० प्रतिशत अर्थात् १:०.५ अनुपात हकप्रद सेयरमा आवेदन दिने समय भदौ ३१ गतेसम्म थप गरेका हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

लगानीकर्ताले सानिमा क्यापिटल, सानिमा बैंक, नेपाल धितोपत्र बोर्डबाट सीआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो । सो अनुसार साउन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँद छ ।

हाल ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

रिपब्लिक मिडियाको खुद नाफामा सुधार, रिटेन्ड अर्निङ भने ५० करोड ऋणात्मक Read Previous

रिपब्लिक मिडियाको खुद नाफामा सुधार, रिटेन्ड अर्निङ भने ५० करोड ऋणात्मक

चैतदेखि पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याइने, भौतिक संरचना निर्माण तीव्र Read Next

चैतदेखि पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याइने, भौतिक संरचना निर्माण तीव्र