सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर छ : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सोमबार आव २०८०/०८१ को बजेट पेश गर्दै ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए ।

अर्थमन्त्री डा. महतले कानूनतः सबैखाले नागरिकले आफ्नो हौसियत अनुसार सेयर बजारमा लगानी गर्न छुट भएको उल्लेख गर्दै त्यस्तो लगानीलाई अनुचित मान्न नहुने स्पष्ट पारे ।

साथै उनले सेयर बजारमा कुनै पनि व्यक्ति नठगिउन् र कसैले एकाधिकार गर्न नसकोस् भनेर सरकारले निगरानी गरिहेकोसमेत बताए ।

नेपाल-भारत क्रसबोर्डर डिजिटल भुक्तानी सुरू Read Previous

नेपाल-भारत क्रसबोर्डर डिजिटल भुक्तानी सुरू

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो Read Next

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो