साउदीको दमाममा नेपाल एयरलाइन्सको सिधा उडान सुरु

काठमाडौं । नेपाल वायु सेवा निगमले साउदी अरेबीयाको दमाममा सिधा हवाई उडान सुरु गरेको छ । निगमले बुधबारदेखि काठमाडौंबाट साउदीको दमाममा सिधा उडान सुरु गरेको हो ।

पहिलो उडानमा १२६ जना यात्रु रहेको र फर्किदा ११७ यात्रु रहेको एयरलाइन्सले जनाएको छ । काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा निगमले हप्ताको दुईदिन बुधबार र शनिबार उडान गर्ने भएको छ ।

बजारको माग र निगमको बजार व्यावस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको कम्पनीका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट Read Previous

उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

नेपाल-भारत क्रसबोर्डर डिजिटल भुक्तानी सुरू Read Next

नेपाल-भारत क्रसबोर्डर डिजिटल भुक्तानी सुरू