निर्यातको सुविधालाई थप निरन्तरता दिन बेलायती राजदुतसँग उद्योग मन्त्रीको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहिवार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री रिजालले नेपाल र बेलायतबीच पूरानो कुटनीतिक एवम् मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताए । राजदुत फेनको कार्यकालमा दुई मुलुकबीचको सम्बन्धका आयामहरु थप विस्तार हुँदै जानेमा आफु विश्वस्त रहेको समेत मन्त्रि रिजालले स्पष्ट पारे ।

नेपाल–बेलायत मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष पुगेको सन्दर्भमा सन् २०२३ दुई मुलुकबीचको सम्बन्धको लागि विशेष वर्षको रुपमा रहेको बताउँदै मन्त्री रिजालले बेलायतले नेपालको प्रमुख विकास साझेदारको रुपमा रहँदै मानव विकास, आर्थिक विकास, सुशासन एवम् मानवीय सहायताको आयाममा निरन्तर सहयोग प्रदान गर्दै आएकोमा कृतज्ञता व्यक्त गरे ।

बेलायतले नेपालजस्ता अति कम विकसित मुलुकमा उत्पादित वस्तुलाई सहुलियतपूर्ण बजार पहुँच प्रदान गर्न लागू गर्दै आएको कार्यक्रमबाट नेपालको निर्यात प्रवर्द्धनमा सहयोग पुग्दै आएको बताउँदै रिजालले बेलायत सरकारले हालै शुरुवात गरेको डेभलपीङ कन्ट्रि ट्रेडिङ स्केम बाट समेत नेपालको निर्यात थप विस्तार हुँदै जाने अपेक्षा व्यक्त गरे ।

त्यसैगरी डीसीटीएस अन्तर्गतको अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको थप केही वर्षसम्म निरन्तरता दिन मन्त्रि रिजालले बेलायत सरकारसग अनुरोध गरे ।

बेलायती लगानीकर्ताहरू नेपालमा मुख्यतया ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताउँदै रिजालले नेपालमा बेलायती लगानी विस्तारको लागि राजदुत फेनको ठोस प्रयास रहनेमा आफू विश्वस्त रहेको बताए । भेटका क्रममा राजदुत फेनले दुई देशबीचको सम्बन्ध बिस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा आफ्नो जोड रहने बताए।

पाँच पटक म्याद थप्दा पनि सकिएन हुलाकी सडक निर्माण, फेरि म्याद थप्न प्रस्ताव Read Previous

पाँच पटक म्याद थप्दा पनि सकिएन हुलाकी सडक निर्माण, फेरि म्याद थप्न प्रस्ताव

१५ तथ्यांकमा देशको कृषि क्षेत्रको वास्तविक अवस्था Read Next

१५ तथ्यांकमा देशको कृषि क्षेत्रको वास्तविक अवस्था