ठेक्का अलपत्र पार्ने १३ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं । ठेक्का सम्झौता अनुसार काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो ।

कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षदेखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार गणपति कन्स्ट्रक्सन कञ्चनपुर, तथ्य इन्जिनियरिङ एण्ड इन्फास्टक्चर मुम्बई र जोशी विज हाउस प्रालिलाई ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।

यसैगरी, निर्माण शिवालय बिल्डर्स प्रालि मकवानपुर र आज्ञा एण्ड कम्पनी प्रालि विराटनगरलाई २ वर्षसम्मका लागि कालोसूचीमा परेका छन् भने चुलीडाँडा निर्माण सेवा, स्वयम्भूलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार इपिक कम्प्युटर्स ट्रेडर्स काठमाडौं, मकर गणेश कन्स्ट्रक्सन प्रालि काठमाडौं, बाबा इन्फ्राप्रोजेक्ट प्रालि बाँके, नवनिर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स, पोखरा, यूडी एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स टेकु, पुतलीकाठ निर्माण सेवा प्रालि दोलखा र अरबिन्द्र कन्स्ट्रक्सन भरतपुर चितवन १ वर्षका लागि कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

भिजन लुम्बिनी ऊर्जाको आइपीओ खुल्यो, ३.८० लाख कित्तासम्म भर्न पाइने Read Previous

भिजन लुम्बिनी ऊर्जाको आइपीओ खुल्यो, ३.८० लाख कित्तासम्म भर्न पाइने

सातदोबाटो र एकान्तकुना फ्लाइओभर निर्माण गर्न बहुवर्षीय ठेक्का लगाउने तयारी Read Next

सातदोबाटो र एकान्तकुना फ्लाइओभर निर्माण गर्न बहुवर्षीय ठेक्का लगाउने तयारी