काठमाडौं । पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको एशिया कप क्रिकेटले सबै नेपालीको ध्यान तानेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलो पटक एशिया कप खेलेको नेपालको गेम हेर्न र खेलाडी हौसला दिन उद्यमी, व्यवसायी, राजनीतिज्ञदेखि आम सर्वसाधरणसम्म श्रीलंका पुगेका छन् ।
यसैक्रममा, नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, शेखर गोल्छा, महासंघका पूर्व केन्द्रीय सदस्य रन्जीत आचार्य, विजय वैद्य सहित व्यवसायी सुनील मेहता लगायत उद्योगीहरु श्रीलंका पुगेका छन् ।
उनीहरु नेपालकोे राष्ट्रिय झन्डा बोकेर श्रीलंकास्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालको समर्थनमा उत्रिएका छन् ।
अहिले श्रीलंकामा नेपालले आफ्नो दोस्रो खेल अन्तर्गत भारतसँग प्रस्पिर्धा गरिरहेको छ ।