नबिल बैंकले ल्यायो तीज अफर, डेबिट/क्रेडिक कार्डदेखि लकरसम्म निःशुल्क

काठमाडौं । नबिल बैंकले महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ ।

यस अफर अन्तर्गत महिला ग्राहकले ‘नबिल प्रिमियम नारी बचत खाता’ खोल्दा पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

साथै, पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गतग ग्राहकले असोज १५ गतेसम्म खाता खोली तोकिएका सुविधा प्रयोग गर्न सक्नेछन् ।

नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६५ शाखा र २९८ एटीएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

हेलो सरकार चौबिसै घण्टा सञ्चालन हुने, डिजिटल माध्यमबाट पनि गुनासो टिपाउन सकिने Read Previous

हेलो सरकार चौबिसै घण्टा सञ्चालन हुने, डिजिटल माध्यमबाट पनि गुनासो टिपाउन सकिने

अपर तामाकोशीको हकप्रद सेयर खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Next

अपर तामाकोशीको हकप्रद सेयर खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?