काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । दुई लघुवित्तले भदौ १५ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई लघुवित्त बीचको सेयर अनुपात (स्वाप रेसियो) भने सम्पति तथा तथा दायित्व (डीडीए)मूल्यांकनपछि तय हुने छ ।
मर्जर सम्झौता गरेसँगै दुवै लघुवित्तको आधारभूत सेयर कारोबार रोक्का भएको छ भने साधरण सेयर नियमित कारोबार हुनेछ ।
हाल साधनाको चुक्ता पूँजी ३८ करोड २२ लाख रुपैयाँ र सबैको लघुवित्तको ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आवमा पनि मर्जरमा जाने लघुवित्तलाई प्रोत्साहन गर्दै विभिन्न सेवामा छुट सुविधा दिएको छ । सोही अनुसार लघुवित्तहरु धमाधम मर्जरमा गइरहेका छन् ।