पर्यटक आगमन उत्साहजनक, ८ महिनामा भित्रिए ६ लाख विदेशी

काठमाडौं । सन् २०२३ को आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६ लाख १ हजार ३६० पर्यटक भित्रिएका छन् ।

पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार १५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार ३०४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ७३ हजार ८१४ पर्यटक नेपाल आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताए । उनले सम्भावित स्रोतबजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पुर्याउने लक्ष्यमा पुग्न सहज हुने विश्वास व्यक्त गरे ।

अगष्ट महिनामा पनि सबैभन्दा बढी भारतबाट २६ हजार ६६५, चीनबाट ५ हजार २७, अमेरिकाबाट ४ हजार ६२९, श्रीलङ्काबाट ३ हजार ५५८ र बङ्गलादेशबाट ३ हजार १९० पर्यटक नेपाल भित्रिएका छन् ।

यस्तै, बेलायतबाट २ हजार ७११, स्पेनबाट एक हजार ५८८, जापानबाट १ हजार ५२०, इटालीबाट १ हजार ४९६ र अष्ट्रेलियाबाट १ हजार ३४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री Read Previous

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री

राष्ट्र बैंकको कर्जा निगरानी नीतिले झस्किए उद्योगी-व्यवसायी Read Next

राष्ट्र बैंकको कर्जा निगरानी नीतिले झस्किए उद्योगी-व्यवसायी