एक महिनामा ५१ करोडको जुस निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आधा अर्ब बढीको फलफूलको जुस निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार साुनमा ५१ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको जुस निर्यात भएको हो । सो मूलयमा ५३ लाख ३३ हजार ५३ लिटर फलफूल जुस निर्यात भएको हो ।

नेपालबाट, अंगुर, स्याउ, भुइँकटर, गोलभेँडा लगायतका फलफूलको जुस निर्यात हुँदै आएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कुल ६ अर्ब ६३ करोड ५५ लाख २३ हजार रुपैयाँ बराबरको फलफूलको जुस निर्यात भएको थियो । सो मूल्यमा ७ करेड ८९ लाख ८१ हजार ८३६ लिटर जुस निर्यात भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब ७ करोड ८७ लाख २ हजार रुपैयाँ बराबरको फलफूल जुस निर्यात भएको थियो । सो मूल्यमा ८ करोड २० लाख १३ हजार ५२६ लिटर जुस निर्यात भएको थियो ।

साढे ५ करोडको आयात

साउनमा ५१ करोडको जुस निर्यात हुँदा ५ करोड ५२ लाख २ हजार रुपैयाँ बराबरको आयात भएको तथ्यांकले देखाएको छ । सो मूल्यमा ४ लाख ९३ हजार ७२२ लिटर फलफूल जुस आयात भएको थियो ।

गत आर्थिक वर्ष २०७९/८० मा कुल ३२ करोड ८७ लाख ६९ हजार रुपैयाँ बराबरको फ्रुट जुस आयात भएको थियो । सो मूल्यमा २७ लाख २३ हजार ४६६ लिटर फलफूल जुस आयात भएको थियो ।

 

म्याग्दीमा उच्च घनत्वको स्याउ खेतीको परीक्षण सफल Read Previous

म्याग्दीमा उच्च घनत्वको स्याउ खेतीको परीक्षण सफल

८ वर्षपछि मानिसका लागि खुल्यो तातोपानी नाका, चिनियाँले गरे भव्य स्वागत Read Next

८ वर्षपछि मानिसका लागि खुल्यो तातोपानी नाका, चिनियाँले गरे भव्य स्वागत