बिहीबार र शुक्रबार काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने

काठमाडौं । बिहीबार र शुक्रबार काठमाडौंका १ दर्जन बढी सडकमा सवारीसाधन चलाउन नपाइने भएको छ ।

बिहीबार गाईजात्रा र शुक्रबार नेपाल संम्वत् ११४३ गुँलागा दुतिया मनाउने भएकाले काठमाडौं महानगरपालिकाले यी दुई दिन काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको हो ।

महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन––हुमानढोका दरबार परिसुर– मरु टोल– चिकँमुगल–जैशिदेवल ज्याबहाल–लगन चोक–गोफल–ब्रम्हटोल–वन्डे– ह्युमत–जैशिदेबल–कोहिटि–भिमसेनस्थान–मरुटोल लगायत रुटमा सवारी साधन प्रवेश निषेध गरिएको छ ।

सांस्कृतिक पर्वका बेला ठूलो संख्यामा मानिसको आवतजावत हुँदा भीड हुने भएकाले महानगरले ती रुटमा सवारीसाधन चलाउन रोक लगाएको हो ।

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन विमानस्थलका १३७ कर्मचारीले मागे सामूहिक सरुवा Read Next

काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन विमानस्थलका १३७ कर्मचारीले मागे सामूहिक सरुवा