एकदिन पनि टिकेन नेप्सेको हरियाली, कारोबार रकम ३ महिना यताकै कम

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । अघिल्ला दुई दिनमै ५१ अंकले घटेर सोमबार ५ अंकले बढेको नेप्से फेरि आज ५ अंकले नै घटेको हो ।

मंगलबार नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ विन्दुमा आइपुगेको छ । यसदिन २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज करोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोडले घटेर ८६ करोडमा सीमित भएको छ । यो पछिल्लो ३ महिना यताकै कम हो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६३ प्रतिशतले घटेको छ ।

आज माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर र ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाईधनीले १० प्रतिशत कमाएका छन् ।

पाटन विमानस्थल बन्द, ११ करोडमा बनेको धावनमार्ग बन्यो टिकटक बनाउने थलो Read Previous

पाटन विमानस्थल बन्द, ११ करोडमा बनेको धावनमार्ग बन्यो टिकटक बनाउने थलो

अर्थतन्त्र चलायमान बनाउने प्रयास, एकपछि अर्को नीतिगत लचकता Read Next

अर्थतन्त्र चलायमान बनाउने प्रयास, एकपछि अर्को नीतिगत लचकता