सन नेपाल लाइफको आईपीओ बाँडफाँट यसैसाता

काठमाडौं । प्रिमियम मूल्यमा प्राथमिक साधारण सेयर (आइपीओ) निष्कासन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले यसैसाता बाँडफाँड गर्ने भएको छ । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङ लिमिटेडले शुक्रबार बिहान ८ बजे बाँडफाँट गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो।

बिक्री प्रबन्धकका अनुसार इन्स्योरेन्सको आइपीओमा मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ। माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरिनेछ। कम्पनीको सेयर ७ लाख ६८ हजार प्राप्त गर्नेछन् ।

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयरएनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न क्षमता मध्यम सुरक्षित रहेको छ ।

प्रिमियमको आइपीओभन्दा सस्तोमा पाइन्छ यी ३० कम्पनीको सेयर Read Previous

प्रिमियमको आइपीओभन्दा सस्तोमा पाइन्छ यी ३० कम्पनीको सेयर

अर्थतन्त्र सुधार्न सरकारले लिएको पहलकदमीको सकारात्मक प्रभाव देखिन थालेकाे छ : प्रधानमन्त्री Read Next

अर्थतन्त्र सुधार्न सरकारले लिएको पहलकदमीको सकारात्मक प्रभाव देखिन थालेकाे छ : प्रधानमन्त्री