सेयर बजार बढ्यो, यी हुन धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । यसदिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ को विन्दुमा पुगेको हो । मौद्रिक नीति आएयता ओरालो लागेको बजार हालसम्म बढ्न सकेको छैन ।

आज कारोबारमा आएका २७९ कम्पनी मध्ये ११८ को सेयर मूल्य वृद्धि भएको छ भने ९७ कम्पनीको घटेको छ । यसदिन ३१ हजार बढी पटकको सेयर कारोबारमा ३६ लाख बढी कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ९८ करोड ८६ लाख रुपैयाँ बराबरमा कुल कारोबार सिमित भएको छ । सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रोमा सोल्टी होटलको ४ करोड, आइएमइ लाइफ इन्स्योरेन्सको ३ करोड, घोराही र शिवम् सिमेन्टको २/२ करोड रुपैयाँ बढीको सेयर किनबेच हुँदै शीर्ष ५ मा रहे ।

सामान्य अंकले बढेको बजारमा कुथेरी हाइड्रोपावरको १० प्रतिशत बढीले सेयर मूल्य बढेको छ । लक्ष्मी सनराइज बैंकका लगानीकर्ताले ४.७१ प्रतिशत, सिटि होटलको ४.४८, न्यादी हाइड्रोपावर ४.२३ र माछापुच्छ्रे बैंकको सेयर मूल्य ३.३२ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.३८ प्र्रतिशतले सेयर मुल्य गुमाएका छन् । मनकामना लघुवित्त वित्तीय संस्थाको ३.५५ प्रतिशत, र मिर्मिरे लघुवित्तको सेयर मूल्य ३.४२ प्रतिशतले घटेको छ ।

भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा विस्तार गरौँ : प्रधानमन्त्री Read Previous

भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा विस्तार गरौँ : प्रधानमन्त्री

चालु पूँजी कर्जा मार्गदर्शन संशोधन : अर्थतन्त्र चलायमान बनाउँछ कि विकृति बढाउँछ ? Read Next

चालु पूँजी कर्जा मार्गदर्शन संशोधन : अर्थतन्त्र चलायमान बनाउँछ कि विकृति बढाउँछ ?