भुटानबाट पोखरा विमानस्थलमा सिधा उडान हुँदै

काठमाडौं । भुटानको ड्रुक एयरले भुटानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।

ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा सिधा उडान गर्ने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रुक एयरले सो दिन चार्टर्ड उडान गर्ने भएको हो । पोखरा विमानस्थलमा ड्रुकको न्यारोबडी जहाजले उडान गर्ने जनाइएको छ ।

गत पुस १७ गतेदेखि संचालनमा आएको पोखरा विमानस्थलमा नियमित रुपमा आन्तरिक उडान भए पनि हालसम्म कुनै विदेशी एयरलाइन्सले नियमित उडान गरेका छैनन् ।

यसअघि गत असार ६ गते पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रि उडान भएको थियो । चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको जहाजले चार्टर्ड उडान गरेको थियो ।

धेरै शिर्षकमा कर्जा लिने राष्ट्र बैंकको निगरानीमा, यस्ता छन् ४ नयाँ व्यवस्था Read Previous

धेरै शिर्षकमा कर्जा लिने राष्ट्र बैंकको निगरानीमा, यस्ता छन् ४ नयाँ व्यवस्था

रोजगारीका लागि युरोप र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ Read Next

रोजगारीका लागि युरोप र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ